११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उपकुलपतिमा बुढाथोकी नियुक्त भएका हुन् ? माओवादी नेताहरुले किन दिँदै छन् बधाई ?

उपकुलपतिमा बुढाथोकी नियुक्त भएका हुन् ? माओवादी नेताहरुले किन दिँदै छन् बधाई ?
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवेन्द्र पौडेल र उहाँकी पत्नी तथा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद बलावती शर्माले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्नुभयो ।

उहाँहरुले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा १ नम्बरमा छनौट हुनु भएका प्रा डा चित्रबहादुर बुढाथोकीलाई नियुक्तिका लागि बधाई दिँदै शुभकामना समेत दिनुभयो । पौडेल दम्पतीले बधाई दिएपछि माओवादी नेतृ जयपुरी धर्ती लगायत अन्य माओवादी नेताहरुले बुढाथोकीलाई बधाई दिए ।

नियुक्ति नभएको कुरा सार्वजनिक पछि उहाँले आफनो स्टाटस सच्चाउनु भएको थियो ।

पूर्वशिक्षामन्त्री समेत रहनु भएका पौडेलले सामाजिक सञ्जालमा दिनुभएको बधाईलाई आधार मानेर विभिन्न सञ्चारमाध्यमले समाचार बनाए । यसैलाई आधार बनाएर न्यूजपोलारले पनि समाचार बनाएको थियो । यद्यपि, त्यस बेलासम्म कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले नियुक्तिको कुनै सूचना जारी गरेको थिएन ।

अर्थात् नियुक्त भएको थिएन तर सांसद तथा माओवादी केन्द्रका जिम्मेवार नेता पूर्वशिक्षामन्त्री समेत रहेका पौडेलले लेखेको स्टाटसलाई आधार मान्दा हामी पनि चुक्यौं । यसमा हामी क्षमा चाहन्छौ ।

सिफारिस कमिटीले आइतबार पहिलो नम्बरमा डा चित्रबहादुर बुढाथोकी, दोस्रो नम्बरमा डा केशरजंग बराल र तेस्रोमा टंकप्रसाद धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको सिफारिस कमिटी गठन गर्नुभएको थियो ।

सो कमिटीले आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि तीन जनाको नाम चयन गरेको थियो ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएपछि सो पद रिक्त रहेको थियो ।

*सम्पादन गरिएको समाचार