• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस्



एजेन्सी । कतिपय खानेकुराहरु खाँदा हामीले होस पुर्याउनुपर्ने हुन्छ ।

खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामीले खानाबाट बिष पाइरहेका हुन्छौँ ।

खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् ।

– चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

– फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।

– दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी ९ग्यास्ट्रिक० बढाउन सक्छ ।

– चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।