• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

बाबर आजमले पीएसएलमा इतिहास रचे, ३ हजार रन बनाउने पहिलो ब्याट्सम्यान



एजेन्सी । पाकिस्तानका पूर्व कप्तान बाबर आजमले आइतबार पाकिस्तान सुपर लिग (पीएसएल)मा इतिहास रचेका छन् । बाबर पीएसएलको इतिहासमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । बाबरले क्वेटा ग्लाडिएटर्सविरुद्ध आफ्नो २९ औं रन बनाएपछि यो उपलब्धि हासिल गरेका हुन् ।

बाबर पीएसएलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् र अन्य कुनै खेलाडी पूर्व पाकिस्तानी कप्तानको नजिक पनि छैनन् । तर, आइतवारको इनिङ्सले बाबरले टी–२० क्रिकेटमा समग्रमा १० हजार रन नजिक पुर्याएका छन् ।

बाबरले हाल आफ्नो नाममा ९,९२६ रन बनाएका छन् र थप ७४ रन बनाएमा यो उपलब्धि हासिल गर्ने उनी इतिहासको १३ औं खेलाडी र शोएब मलिकपछि यस्तो गर्ने दोस्रो पाकिस्तानी खेलाडी बन्नेछन् ।

पीएसएल इतिहासमा सबैभन्दा धेरै रन
३००३ – बाबर आजम (७८ पारी)

२३८१ – फखर जमान (७७ पारी)

२१३५ ( शोएब मलिक (७८ पारी_

२००७ ( मोहम्मद रिजवान (६१ पारी)