१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा कायम छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताउनुभएको छ ।

सोमवार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? भन्ने लडाईं कायम रहेको बताउनु भयो ।

उहाँले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताउनु भयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? यो लडाईं सर्वत्र छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु । हामीले निकै ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएकै हो । एकथरी मानिसहरुले त्यसलाई समाजवादउन्मुख भन्न चाहेका थिएनन् । हामीले शिक्षाा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु जनताको मौलिक अधिकार हुनेछन् भनेर संविधानमा मौलिक अधिकारको प्रावधानमा त्यसलाई राखिएको पनि छ । त्यो आफैँमा महत्वपूर्ण कुरा पनि हो । अहिले हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको हुँदै समाजवादतिरको यात्रा गर्ने कुरा गरेका छौँ । एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको छ भने अर्को यो परिवर्तन उचित छैन, संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर अर्को शक्ति त्यता लागिरहेको छ ।’

प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल