१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डीएसपी हुँ’ भन्दै गाडी चालकलाई अपशब्द बोलेर धम्क्याउने पक्राउ



अ+ अ-

काठमाडौँ । सार्वजनिक स्थलमा प्रहरीको ‘डीएसपी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंको चुनादेवी बस्ने ५२ वर्षीय प्रविन श्रेष्ठ रहेका छन् ।

काठमाडौंको लाजिम्पाट सडक खण्डमा कार चालकलाई रोकेर प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रातीको समयमा कार चलाउँदै गरेका एकजना युवालाई रोकेर अपशब्द बोलेको उक्त भीडीयोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरेका थिए । त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको प्रहरी कर्मचारी (बहालवाला र अवकाश प्राप्त) नभएको नेपाल प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।