२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य कार्यकर्ताको भावनाविपरीत: अजयबाबु शिवाकोटी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ताको भावना विपरीत भएको जनाउनु भएको छ ।

महासमिति बैठकमा आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले असहमति जनाउदै प्रस्ताब हटाउन दवाब दिएपछि केन्द्रीय सदस्य शिवाकोटीले यस्तो कार्य आम कार्यकर्ताको भावना विपरीत भएको जनाउनु भएकाे हो ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन्। मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन्। तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल समेत भएको छ ।

सभापतिको दवाब पछि शिवाकोटीले सामाजिक संञ्जालमा लेख्नु भएको –

प्रजातन्त्र दिवसको आम नेपालीमा शुभकामना, साथै आजबाट शुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति वैठकमा आउनुहुने सबै अग्रज तथा साथीहरुलाई स्वागत गर्दछु। महासमिति वैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावना विपरित छ। आउनुस एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं। महासमिति वैठकलाई पूर्ण सफल पारौ। जय नेपाल।