११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य कार्यकर्ताको भावनाविपरीत: अजयबाबु शिवाकोटी

चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य कार्यकर्ताको भावनाविपरीत: अजयबाबु शिवाकोटी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ताको भावना विपरीत भएको जनाउनु भएको छ ।

महासमिति बैठकमा आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले असहमति जनाउदै प्रस्ताब हटाउन दवाब दिएपछि केन्द्रीय सदस्य शिवाकोटीले यस्तो कार्य आम कार्यकर्ताको भावना विपरीत भएको जनाउनु भएकाे हो ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन्। मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन्। तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल समेत भएको छ ।

सभापतिको दवाब पछि शिवाकोटीले सामाजिक संञ्जालमा लेख्नु भएको –

प्रजातन्त्र दिवसको आम नेपालीमा शुभकामना, साथै आजबाट शुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति वैठकमा आउनुहुने सबै अग्रज तथा साथीहरुलाई स्वागत गर्दछु। महासमिति वैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावना विपरित छ। आउनुस एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं। महासमिति वैठकलाई पूर्ण सफल पारौ। जय नेपाल।