२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोईरालाको प्रश्न: काँग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रश्तुत हुन पनि उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट शुरु हुने महासमिति बैठकमा गम्भिर रुपमा छलफल हुनपर्ने नेता कोईरालाको भनाई थियो । पार्टी महासमिति बैठकको अघिल्लो दिन आईतावर (आज) काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्‍याउनु भयो ।

उहाँले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताउनु भयो । विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोईरालाको प्रश्ताव छ । उहाँले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘म जिल्लाजिल्ला घुम्दाखेरी साथहिरको एउटै प्रश्न हुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न उठाइरहनु हुन्छ । हामीले एक्लै चुनाव कहिले लडने हो भनेर सोध्नुहुन्छ । यस पटकको दस्तावेजमा पनि एउटा कुरा के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भिर छ । आज यो ठिक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरुले हामीहरुलाई सोच्ने छन कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ । भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घटदैघटदै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं । हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरुले अत्यन्तै गम्भिर रुपले छलफल गर्नुहोला । र, महासमिति बैठकमा पनि यी कुराहरु राख्नु हुनेछ भन्ने विश्वास लिएको छु । दोस्रो कुरा हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ । यो निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन । के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ । मलाई के लाग्छ भने अब नेपाली काँग्रेसले पहल गर्नुपर्‍यो । अन्य राजनीति दलहरुसँग पनि बसेर । एमालेसित, माओवादीसित अनि अन्य दलहरुसँग पनि बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणालीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा नेपाली काँग्रेसकै अग्रसरतामा हुनु पर्छ भन्ने मलाई लाग्छ । देशको आर्थिक अवस्थाको कुरा गर्दा आज पनि प्रधानमन्त्रीजीले संसदमा भन्नुभयो–आर्थिक सूचकांकहरु राम्रो हुँदैछ भनेर । अर्थमन्त्रीजीले पनि भन्दै हुनुहुन्छ–आर्थिक सूचकांक राम्रो हुँदैछ भनेर । तर जनताले त्यो सूचकांक राम्रो छ कि छैन ? भन्ने कुराको अनुभुति जनताले पाउन सकेको मलाई लाग्दैन । देशका आर्थिक अवस्था नाजुक अवस्थाबाट गइराखेको छ भन्ने मलाई लाग्छ । हामीहरु रेमिट्यान्स बढेको बढ्यै छ । त्यसमा प्रशन्न, खुशी छों । सरकारमा बस्ने हामी सबै नेपालीहरु खुशी छौं । तर के रेमिटयान्स बढेर देशको समुन्नत नेपाल, समृद्ध नेपाल, विकसित नेपाल हामीहरुले बनाउन सक्छौं ? रेमिटयान्सको विकल्प अब हामीले खोज्न जरुरी छ । यसको निम्ति नेपाल भित्रै भएका विज्ञहरु र बाहिर भएर विज्ञहरुलाई समावेश गरिकन कसरी नेपाललाई विकसित गर्न सकिन्छ, कसरी नेपाललाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अत्यन्त गम्भिर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

वरिष्ठ नेता कोईरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको जिकिर समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल