१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीटीइभीटीका उपाध्यक्षलाई वैद्य निकट अनेरास्ववियूले दले कालोमोसो



अ+ अ-

काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थी नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् ।

काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको भन्दै उनीहरुले आइतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

अनेरास्ववियू (क्रान्तिकारी)ले उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि प्रश्न उठाएको छ । क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्य शक्ति दुरुपयोग गर्दै श्वेत तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको उनीहरुको ठहर छ ।