• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो



लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले यसको संरक्षणमा गाउँपालिका अघि बढ्न लागेको बताउनुभयो । तातोपानी कुण्डको व्यवस्थापनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको बजेटमध्ये रु १४ लाख विनियोजन भएको छ ।

साथै तातोपानीको थप संरचना निर्माण गरी व्यवस्थापनका लागि सङ्घीय सरकारले रु छ लाख बजेट छुट्याएको उहाँको भनाइ छ । तातोपानी कुण्डको व्यवस्थापन गर्ने योजना अनुरुप गाउँपालिकाका अध्यक्ष गुरुङसहित उपाध्यक्ष जुनामाया थापा, वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इञ्जिनियर सुरेश गौतमसहितको टोली केही दिनअघि तातोपानी कुण्डमा पुगेको थियो ।

कुण्डलाई थप व्यवस्थित गर्ने काम चाँडै अघि बढाइने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । एउटा ठूलो पोखरी र पिकनिकस्थल निर्माण र यसअघिको संरचनालाई थप व्यवस्थित गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय पर्यटन व्यवसायी गुरुङका अनुसार जगतको तातोपानी कुण्डमा दुई वटा पोखरी छन् । प्रतिपोखरी १५ देखि २० जनासम्म अटाउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को रु ५० हजार र गाउँलेको श्रमदानमा विसं २०६८ मा एउटा पोखरी निर्माण गरिएको र त्यसपछि तत्कालीन सांसद जमिन्द्रमान घलेको सांसद कोषको रु दुई लाख बजेटमा अर्को पोखरी निर्माण गरिएको थियो ।

त्यस्तै पर्यटन बोर्डबाट प्राप्त रु पाँच लाख बजेट र स्थानीयवासीको श्रमदान गरी शौचायलय, लुगा फेर्ने ठाउँ, आराम गर्ने ठाउँ निर्माण गरिएको थियो । दुई वर्षअघि सो गाउँपालिकाले एक लाख ५० हजार बजेट र च्याम्बर र दुई वटा धारा निर्माण गरिएको थियो ।

गाउँपालिकाकै रु तीन लाख बजेटबाट रेलिङ र सिँढीसमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । सो कुण्डमा चैत र कात्तिकमा नुहाउनेको भीड लाग्ने गर्दछ । यहाँ नुहाउँदा बाथ, छालारोग र हाडजोर्नी लगायतका रोग निको हुने जनविश्वास छ । पर्यटकीय याममा विदेशी पर्यटकहरु तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ । यहाँका स्थानीय पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले यहाँ तातोपानी कुण्डमा बनाइएको भौतिक संरचना जीर्ण हुँदै आएको र यतिबेला गाउँपालिकाले यसलाई व्यवस्थित गर्न लागेकाले तातोपानी कुण्ड क्षेत्रको संरक्षण हुने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताउनुभयो । मस्र्याङ्दी नदी छेउमै रहेकाले बाढीले नबगाउने गरेर यसको संरचना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस