२८ कार्तिक २०८१, बुधबार
,
Latest
प्रवासमा नेपाल चिनाउने महत्वपूर्ण थलो सिड्नी कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरका पुजारी मृत फेला रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने ! चिसो बढेपछि सुनसान ‘बुकीपाटन’ आज देशका अधिकांश भागमा मौसम सफा रहने राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पती शुद्धिकरण सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा



अ+ अ-

काठमाडौँ । सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

आईतवार बसेको राष्ट्रिय सभको बैठकले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सर्वसम्मतिले स्वीकृत गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते शुक्रवार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।