११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा
अ अ+ अ-

ढोरपाटन (बागलुङ) : सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उहाँहरूका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् । कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उहाँको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरको नौवटा मौलो राखिने अध्यक्ष दाहालले बताउनुभयो ।

नौवटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने उहाँ बताउनुहुन्छ । जसका लागि सबैथरि अन्न व्यवस्थापनसमेत गरिसकेको दाहालको भनाइ छ । महायज्ञमा १० गते राष्ट्रपति रामचन्द्र पौडेल, ११ गते शिक्षामन्त्री अशोककुमार राई तथा संस्कृतिविद्हरू, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सातवटै प्रदेशका मुख्यमन्त्री, १४ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषिमन्त्री डा बेदुराम भुसाललगायतका अतिथि आउने हुँदा सोहीअनुसारको व्यवस्थापनलाई तीव्र पारिएको अध्यक्ष दाहाल बताउनुहुन्छ ।

महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्र्याइसकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई सबै धानले पुर्ने बताउनुभयो । त्यसका लागि २१ हजार क्विन्टल धानसमेत पञ्चकोटमा ल्याइसकेको उहाँले जानकारी दिनुभयो । महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुक्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगव्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीहरू ब्रह्माण्डीय महायज्ञको तयारीको अन्तिम चरणमा छौँ, आन्तरिक तथा बाह्य व्यवस्थापन पूरा भइसकेको छ, अब केही ठाउँमा स्वागत गेट, पञ्चकोट धाममा ध्वजापतकालगायतका काम बाँकी छ, मौलोका लागि धान र नरिवलको व्यवस्थापन भएको छ, एक सय आठ कन्या पनि सम्पर्कमा लिएका छौँ, यहायज्ञमा टाढा–टाढाबाट पाहुना आउने हुँदा आवास तथा भोजनालयदेखि अन्य व्यवस्थापन भने गरिसकेका छौँ ।”

सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । यस अवधिमा हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिने छ । त्यसका लागि विषयविज्ञको सहभागिता हुने भएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा हुन लागेको महायज्ञलाई व्यवस्थित बनाउन स्थानीयसमेत परिचालित भएका छन् । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्त्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताउनुभयो ।

“यो महायज्ञ एउटा धर्मको मात्रा नभएर प्रकृति, पर्यावरण, जल सम्पदा, शिक्षा प्रणालीका सम्बन्धमा गरिन लागेको हो, यसले सबै नेपालीलाई जोड्ने छ, गण्डकी प्रदेशका सबै पालिकालाई पञ्चकोट आफ्नो भएको अपन्नत्व गराउने छ, हामीहरूले सबै दलका, सबै क्षेत्रका व्यक्तिलाई यो महायज्ञमा सहभागी गराउने छौँ”, स्वामी कमलनयनाचार्यले भन्नुभयो, “महायज्ञका लागि गण्डकी प्रदेशका सबै धार्मिकस्थललाई सहआयोजकका रूपमा राखेका छौँ, सरकारले जुन लक्ष्य राखेको छ, पर्यटनमार्फत समृद्धि गर्ने, त्यसलाई पूर्णता दिन पनि महायज्ञले टेवा पुग्छ भन्ने लागेको छ ।”रासस