११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु
अ अ+ अ-

काठमाडौँ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाल कलापरिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा आज आयोजित चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । प्रदर्शनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिगो पर्यटन विकासका लागि यसप्रकारको अन्तर्राष्ट्रिय प्रदर्शनीले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल प्रकृति र संस्कृतिमा धनी छ”, मन्त्री किरातीले भन्नुभयो, “ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समग्र खोटाङ जिल्लाको मुलभूत प्राकृतिक र सांस्कृति सम्पदालाई चित्रकलामार्फत उतारेर खोटाङलाई नयाँ माध्यमबाट चिनाउन सफल भएको छ । यस कार्यले प्र्रकृति र संस्कृतिमा आधारित दिगो पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको छ ।”

‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र प्रदर्शनी गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । पालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । “सामाजिक उत्थानका लागि यस प्रदर्शनीले सहयोग गर्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीका अवसरमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १७ देखि २१ गतेसम्म १९ विदेशी र २४ स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन, भ्रमण गरी स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ वटा जीवन्त चित्र कोरिएको थियो ।

जिल्लाका १० वटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र,  स्थानीय रहनसहन र जीवनशैलीको प्रचारप्रसार गर्नु आवश्यक रहेकाले चित्रकलामार्फत उक्त काम थालिएको नगर उपप्रमुख राईले बताउनुभयो । दैनिक एक हजार कला पारखीले चित्रकला प्रदर्शनीको अवलोकन गर्ने आयोजले जनाएको छ । रासस