२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेतृत्वमा सरकार बनाउन ढिला गर्नुहुँदैन: सांसद डा.शर्मा



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेसका सांसद डा .सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताउनुभएको छ ।

पार्टीको फागुन ७ गतेदेखि शुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रश्ताव शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उहाँको भनाई थियो । सांसद शर्माले लोकप्रियतावादीहरु र अतिवादीहरु नेपाली काँग्रेसका मुख्य चुनौति रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । काँग्रेस आफ्नो नीतिमा प्रष्ट हुन जरुरी छ । काँग्रेसले आफू नीतिमा प्रष्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखि बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादीहरु र अतिवादीहरु अहिले नेपाली काँग्रेसका मुख्य चुनौति हुुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्नुहुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइराखेका छन । मैले नेपाली काँग्रेसका रुपान्तरण र काँग्रेसको नेतृत्वमा जनमुखि र जनताप्रति उत्तरदायी निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि महासमिति बैठकका लागि प्रश्ताव ल्याएको छु ।’

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गर्नुभयो । —न्युज एजेन्सी नेपाल