• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति

संरक्षणको पर्खाइमा वाग्मा पोखरी



फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बीचमा एकान्त वातावरण रहेकाले पोखरीको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवद्र्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

पोखरीको प्रवद्र्धन र प्रचारप्रसार गर्नसकेमा पर्यटकको धेरै उपस्थितिको सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो । थापाका अनुसार मिक्वाखोला–४ साँवामा स्थापित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

गाउँपालिकाका अध्यक्ष कार्कीले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङ्फुङगे झरना र वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवद्र्धन हुन नसकेको बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति कार्यक्रममार्फत यस पोखरीलाई समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हवका रुपमा विकास गर्नेगरी योजना बनाइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले पर्यटन प्रवद्र्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको उहाँको भनाइ थियो ।

वाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आइएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पु¥याउनुपर्ने र अन्य संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ ।

आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्नका लागि पूर्वाधारको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेल परेको थापाले बताउनुभयो । उहाँका अनुसार पालिकाले यस विषयमा आवश्यक पहल र समन्वय गरिरहे पनि सोचेअनुसार प्रगति नभएको बताउनुभयो ।

जिल्लाको एक पर्यटकीयस्थलका रुपमा रहेको वाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिवाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा बजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ । /f;;