१ भाद्र २०८३, सोमबार
,
Latest
ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सु कीले चुनावी धाँधलीको लागि नयाँ मुद्दाको सामना गर्ने



अ+ अ-

याङ्गुन । म्यानमारको जुन्ता सरकारले आङ सान सु कीलाई सन् २०२० को चुनावमा निर्वाचन अधिकारीहरूलाई प्रभाव पारेको आरोप लगाएको छ । 

ठूलो मात्रामा मतदाता जालसाजीको आरोप लगाएर कू गरेको एक वर्षपछि जुन्ता सरकारले सु कीमाथि नयाँ आरोप लगाएको हो । 

एक स्थानीय अनुगमन समूहका अनुसार गत वर्ष फेब्रुअरीमा ७६ वर्षीय सू कीलाई सैन्य कू पछि हिरासतमा राखिएको छ । जसले जनविरोध र असहमतिविरुद्धको रक्तपातपूर्ण कारवाहीमा करिब एक हजार ५०० नागरिकको मृत्यु भएको थियो ।

नोबेल पुरस्कार विजेता सु कीले देशको आधिकारिक गोप्य कानूनको उल्लङ्घनसहित कयौँ आरोपको सामना गरिरहनुभएको छ र  यदि ती सबैमा दोषी ठहरिएमा उहाँलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्छ।

उहाँले सन् २०२० को चुनावमा देशको निर्वाचन आयोगलाई प्रभाव पार्ने आरोपमा थप मुद्दाको सामना गर्नुपर्ने मुद्दाको जानकार स्रोतले बताएको छ । सो चुनावमा उहाँको पार्टीले सैन्य–गठबन्धन प्रतिद्वन्द्वीलाई पराजित गरेको थियो ।

छ महिनाभित्र मुद्दा टुङ्गिने स्रोतले जनाएको छ । पूर्व अध्यक्ष र नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका दिग्गज नेता विन मिन्टले पनि सोही आरोपको सामना गर्ने स्रोतले बताएको छ । 

एनएलडीको भारी विजयको मास्टरमाइन्डको आरोपमा राष्ट्रिय निर्वाचन आयोगका धेरै वरिष्ठ सदस्यहरू पनि कू पछि पक्राउ परेका छन्। 

सन् २०२० जुलाईमा भएको चुनावमा एक करोड १३ लाख ठगीका घटनाहरू फेला पारेको भन्दै जुन्ताले सो चुनावको नतिजा रद्द गरेको छ । 

स्वतन्त्र पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका छन्।

सेना र विद्रोह विरोधी लडाकुहरूबीचको लडाइँबाट प्रभावित देश पुनर्स्थापित भएमा जुन्ताले अगस्त २०२३ सम्ममा अर्को चुनाव गराउने वाचा गरेको छ।

कू को वार्षिकोत्सवअघि मङ्गलबार जुन्ताले सेनाको विरूद्ध आवाज उठाउने वा ‘प्रचार’ साझा गर्नेलाई उच्च देशद्रोह वा आतङ्कवाद विरोधी कानूनअन्तर्गत अभियोग लगाउन सकिने चेतावनी दिएको छ।

सु कीलाई यसअघि नै अवैधरूपमा वाकी टॉकी राखेको, सेनाविरुद्ध उक्साएको र कोभिड–१९ नियम तोडेको आरोपमा छ वर्षको जेल सजाय भइसकेको छ । एएफपी