२० भाद्र २०८३, शनिबार
,
Latest
सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखाको ‘उपहार’ लाई सांसद सुनिलको शुभकामना



अ+ अ-

काठमाडौं । आगामी फागुन ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’को सफलताको लागि सांसद सुनिल शर्माले शुभकामना दिनु भएको छ ।

गत निर्बाचनमा मोरङ क्षेत्र नं ३ प्रतिस्प्रर्धी रहनु भएकी रेखा थापाको चलचित्रको लागि उहाँले शुभकामना दिनु भएको हो । सांसद शर्माले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ लाई शुभकामना दिनु भएको हो ।

शुभकामना दिदै सांसद शर्माले लेख्नु भएको छ – ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

उपहार चलचित्रको शुक्रबार ट्रेलर सार्वजनिक भएसंगै दर्शकहरुको सकारात्मक प्रतिकृया पाइरहेको थापाले जनाउनु भयो।