२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखाको ‘उपहार’ लाई सांसद सुनिलको शुभकामना



अ+ अ-

काठमाडौं । आगामी फागुन ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’को सफलताको लागि सांसद सुनिल शर्माले शुभकामना दिनु भएको छ ।

गत निर्बाचनमा मोरङ क्षेत्र नं ३ प्रतिस्प्रर्धी रहनु भएकी रेखा थापाको चलचित्रको लागि उहाँले शुभकामना दिनु भएको हो । सांसद शर्माले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ लाई शुभकामना दिनु भएको हो ।

शुभकामना दिदै सांसद शर्माले लेख्नु भएको छ – ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

उपहार चलचित्रको शुक्रबार ट्रेलर सार्वजनिक भएसंगै दर्शकहरुको सकारात्मक प्रतिकृया पाइरहेको थापाले जनाउनु भयो।