१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छली ल्याएका सर्तीजन्य र कस्मेटिकका सामग्री बरामद



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले यही माघ १४ गते रेड लेवललगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छलीसम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका सन्तोष चन्द्र बख्रेलबाट राजस्व छली ल्याएका सुर्तीजन्य पदार्थ तथा विभिन्न कस्मेटिकका सामानहरु समेत बरामद गरेको छ । 

निज बख्रेलले भन्सार छली ल्याएको सुर्तीजन्य पदार्थ तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू (सैम्पु, साबुन, हेयर ओइल, बडी मसाज ओइल, क्रिम) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू नयाँबजार खुशिबु स्थित घर भाडामा लिई ठूलो परिमाणमा भण्डारण गरी राखेको अवस्थामा करिब रु ५० लाख बराबरको सामान बरामद गरेको महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि बताएको छ ।