• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा १ वर्षका उपलब्धिहरू सार्वजनिक



काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानले १ वर्षका उपलब्धिहरू सार्वजनिक गरेको छ । पदाधिकारीहरु नियुक्त भएको एक बर्ष पुगेको अबसरमा १ बर्षका उपलब्धिहरु सार्वजनिक गरिएको हो ।

नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो । एक वर्ष अगाडी २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव लगायत सदस्यहरूको नियुक्ति भएको थियो ।

सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले एक वर्षमा भएका कामहरूको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् । साथै, १ वर्षमा भएका कामहरूलाई भिडियो प्रिजेन्टेसन मार्फत पनि देखाइएको थियो । सीमित बजेटको कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम कामहरू गर्न सफल गरेको सदस्यसचिव महराको दाबी थियो ।

साथै, उपकुलपति शम्भु राईले सीमित आर्थिक श्रोत, साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताएका छन् । साथै, परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुलपति निशा शर्माद्वारा १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्ने खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । बजेट अभावको कारण खुम्चिनु परेको कुलपति शर्माको धारणा रहेको थियो ।