११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ललिता निवास प्रकरण: केही व्यक्तिलाई जोगाएर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरुले सफाइ पाए: पूर्वसचिव शारदाप्रसाद त्रिताल

ललिता निवास प्रकरण: केही व्यक्तिलाई जोगाएर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरुले सफाइ पाए: पूर्वसचिव शारदाप्रसाद त्रिताल
अ अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिलाई जोगाएर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरुले सफाइ पाउने अवस्था बनेको उल्लेख गर्नुभएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिका संयोजक समेत रहनु भएका पूर्वसचिव शारदाप्रसाद त्रितालले अख्तियारले गहिरो अनुसन्धान गरेको तर केही दोषीहरुलाई बचाउन खोजेर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बच्न पुगेको जनाउनु भएको छ ।

उहाले सामाजिक संञ्जालमा लेख्नु भएको छ -हामीले जुटायौं र प्रतिवेदन पेश गर्यौं । हामीले सो जग्गा सम्बन्धमा अनेकौं तहमा भ्रष्टाचारजन्य काम भएका छन्, कैंयौं चरणमा किर्ते र ठगी भएका छन्, त्यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआइबीले अनुसन्धान गर्नुपर्छ भनेर सिफारिस पनि गरेका थियौं । त्यो पनि पूरा भयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

यो टिमका साथीहरुको अथक प्रयासले लगभग १४३ रोपनी जग्गा, जुन गलत तरिकाले व्यक्तिको नाममा गएको थियो, त्यो नेपाल सरकारको नाममा आउने भयो । हाम्रो प्रयास सफल मान्नु पर्छ कि हाम्रो प्रयास ललिता निवासको जग्गा मुआब्जा तिरेर अधिग्रहण गरिएको जग्गा हो भन्ने प्रमाणहरु जुटाउनु थियो ।

हामीले जुटायौं र प्रतिवेदन पेश गर्यौं । हामीले सो जग्गा सम्बन्धमा अनेकौं तहमा भ्रष्टाचारजन्य काम भएका छन्, कैंयौं चरणमा किर्ते र ठगी भएका छन्, त्यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआइबीले अनुसन्धान गर्नुपर्छ भनेर सिफारिस पनि गरेका थियौं । त्यो पनि पूरा भयो । सीआइबीको अनुसन्धानकोको परिणाम अदालतमा अझै विचाराधिन छ । अख्तियारले गहिरो अनुसन्धान गरेको तर केही दोषीहरुलाई बचाउन खोजेर मुद्धा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बच्न पुगेका छन् ।

ललिता निवास जग्गा हिनामिना भयो भनी लामो समयदेखि सम्बन्धित निकायमा उजुरी गरेर सक्रिय भूमिका खेल्ने अधिवक्ता श्री युबराज कोइराला बधाइका मुख्य पात्र हुनुहुन्छ । त्यसैगरी, श्री प्रेम कुमार राई (हाल प्रआ अदुअआ) त्यसवेला गृह सचिवको रुपमा नभएको भए हाम्रो समिति गठन हुने थिएन, हामीले दिएको प्रतिवेदन मन्त्रिपरिषदमा जाने थिएन र अनुसन्धानको लागि अख्तियार र सीआइबीमा पठाइने पनि थिएन । त्यसैले उहाँको भूमिका त्यति नै सशक्त र परिणाममुखी थियो । उहाँ बधाइको अर्को मुख्य पात्र हुनुहुन्छ ।