२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण



file photo
अ+ अ-

रुकुम । रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छभने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८९८ वटा अस्थायी आवास निर्माण भएका छन् । त्यस्तै चौरजहारी नगरपालिकामा ५ हजार ५६३, मुसीकोट नगरपालिकामा ६६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु ३ करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा रु १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा रु ६ करोड ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले राससलाई जानकारी दिनुभयो । रासस




भर्खरै