• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ ★   ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने ★   सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा ★   राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन ★   नीति तथा कार्यक्रम: पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने ★   विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन ★   शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्थाको कार्यान्वयन हुने ★   सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन ★   सुनकोशी र नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गरिने ★   नीति तथा कार्यक्रम: आगामी दशक ‘सूचना प्रविधि दशक’

सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांग्रेसका २२ केन्द्रीय सदस्यको विशेष पूरक प्रस्ताव



काठमाडौँ । सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सदस्यहरूले बुझाएको पुरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोमा चिन्ता व्यक्त गरिएको छ ।

हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्य भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव रहेका छन् । यस्तै केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौला तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन् ।

उनीहरुले कांग्रेस जस्तो व्यापक जन आधारमूलक प्रजातान्त्रिक पार्टीले धार्मिक खन्भूता नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिन भनेका छन् ।