२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशका लागि संसदीय सुनुवाई आवश्यक छैन: कानूनविद्हरु



अ+ अ-

काठमाडौँ । कानूनविद्हरुले न्यायाधीशका लागि संसदीय सुनुवाई आवश्यक नभएको बताएका छन् ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमा कानूनकर्मीहरुले यस्तो बताएका हुन् । उनीहरुले संसदीय सुनुवाई के उद्देश्य प्राप्तिका लागि राखियो ? भन्ने नै स्पष्ट नरहेको जिकिर गरे । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संसदीय सुनुवाईको उद्देश्य स्पष्ट हुन नसकेको बताउनु भयो । उहाँले सिफारिस भएकाहरुको इन्टिग्रिटी वा योग्यता केका लागि हो भन्ने स्पष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले इन्टिग्रिटी (निष्पक्षता) का लागि भए सांसदहरुसँग सिफारिस न्यायाधीश्हरुको रेकर्ड नै नरहने र अन्य संकलन गर्ने ठाउँ नै नरहेको र योग्यता जाच्ने अधिकार सांसदहरुलाई नभएको जिकिर गर्नुभयो । उहाँले न्यायाधीशको हकमा संसदीय सुनुवाई नभइ सार्वजनिक सुनुवाई हुनुपर्ने बताउनु भयो । सार्वजनिक सुनुवाई न्यायपरिषद्ले गर्नुपर्ने बताउनु भयो । उहाँले छुट्टै संवैधानिक अदालत स्थापना गर्न वा संवैधानिक इजलासमा मात्रै नियुक्ति हुने न्यायाधीशहरुको परिकल्पना गर्न माग गर्नुभयो । उहाँले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने र टुंगो नलगाइ छोड्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुको कार्य सम्पादनमा प्रश्न उठेको कारणले डेमोक्रेसीमा प्रश्न उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘या त छुट्टै संवैधानिक अदालत स्थापना गरौँ, या त संवैधानिक इजलासमा मात्रै नियुक्ति हुने न्यायाधीशहरुको परिकल्पना गरौँ । त्यहीँ नियुक्ति हुन्छ र त्यहीँ अन्त्य हुन्छ । या त पहिलाकै अवस्था जाऔँ । अहिलेको अवस्थामा संवैधानिक इजलास चल्न सकेन । संसदीय सुनुवाई के उद्देश्य प्राप्तिका लागि राखियो ? भन्ने नै स्पष्ट छैन । सिफारिस भएका व्यक्तिको योग्यता जाच्ने हो की उसको इन्टिग्रिटी जाँच्ने हो ? इन्टिग्रिटी जाँच्ने भए सांसदहरुसँग उनीहरुको रेकर्ड नै छैन । योग्यता जाँच्ने अधिकार उसलाई छैन । के उद्देश्यले राखियो भन्ने स्पष्ट नभएकाले संसदीय सुनुवाई न्यायाधीशको हकमा आवश्यक छैन । न्यायाधीशको हकमा संसदीय सुनुवाई नभइ सार्वजनिक सुनुवाई हुनुपर्छ, त्यो न्यायपरिषद्ले गर्नुपर्छ । संसदले महाअभियोग लाउने, कसैले लगाउनुपर्छ र कसैले पर्दैन भनेर खिचातानीमा त्यो महाअभियोग प्रश्तावको टुंगो नै नलगाउने । राजनीतिक दलहरुको कार्य सम्पादनमा प्रश्न उठेको कारणले डेमोक्रेसीमा प्रश्न उठेको छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाईको व्यवस्था भएपनि सुनुवाई नै नभइ नियुक्ति हुनु दु:खद् भएको बताउनु भयो । उहाँले संवैधानिक परिषद्को गणपूरक संख्या दुई तिहाई भन्दा बढी संविधान र कानूनमा हुँदाहुँदै जबरजस्ती पटकपटक संसदलाई छलेर आफूखुशी गणपूरक संख्या राखेर संवैधानिक निकायका पदाधिकारी र प्रधानन्यायाधीशको नियुक्ति हुनु राम्रो नभएको बताउनु भयो । सो नियुक्तिउपर परेका संवैधानिक इजलासका मुद्दाहरुमा यथोचित समयमा न्याय निरुपण हुन नसक्नु, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिमा संविधान र कानूनले परिकल्पना गरेका योग्यता र क्षमता भन्दा पनि राजनीति हाबी हुँदै प्राय: आफ्ना मान्छेको वर्चश्व हुनेगरी न्यायाधीश नियुक्ति हुने परिपाटी विकास हुँदै गएको बताउनु भयो । प्रधानन्यायाधीशलाई लागेको अभियोग एउटै संसद अधिवेशनले टुंग्याउनुपर्नेमा अनिर्णयको बन्दी बनाइराखिएको भन्दै आपत्ति जनाउनु भयो । न्याय परिषद् नियमावली नेपालको संविधानको धारा १०३ सँग बाझिने गरी ल्याइएको छ । यसले न्यायिक विचलनको बिजारोपण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान र संविधानले परिकल्पना गरेका न्यायपालिकासँग जोडिएका न्याय संरचनागत गठन वा उनीहरुका काम कर्तव्य र अधिकार संविधानमा उल्लेख भएनन् । भएपनि कार्यविधिगत त्रुटीका कारण प्रभावकारी बन्न सकेनन् । न्यायमा पहुँच हुन नसकेको प्रश्न धेरै नै उठेको छ । संसदीय सुनुवाईको व्यवस्था भएपनि सुनुवाई नै नभइ नियुक्ति हुनु, संवैधानिक परिषद्को गणपूरक संख्या दुई तिहाई भन्दा बढी संविधान र कानूनमा हुँदाहुँदै जबरजस्त पटकपटक संसदलाई छलेर आफूखुशी गणपूरक संख्या राखेर संवैधानिक निकायका पदाधिकारी र प्रधानन्यायाधीशको नियुक्ति हुनु, त्यस नियुक्तिउपर परेका संवैधानिक इजलासका मुद्दाहरुमा यथोचित समयमा न्याय निरुपण हुन नसक्नु, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिमा संविधान र कानूनले परिकल्पना गरेका योग्यता र क्षमता भन्दा पनि राजनीति हाबी हुँदै प्राय: आफ्ना मान्छेको वर्चश्व हुनेगरी न्यायाधीश नियुक्ति हुने परिपाटी विकास हुँदै गएको छ । प्रधानन्यायाधीशलाई लागेको अभियोग एउटै संसद अधिवेशनले टुंग्याउनुपर्नेमा अनिर्णयको बन्दी बनाइराखिएको छ । हालै जारी गरिएको कानूनमा आएको न्याय परिषद् नियमावली नेपालको संविधानको धारा १०३ सँग बाझिने गरी ल्याइएको छ । यसले न्यायिक विचलनको बिजारोपण भएको छ ।’

कार्यक्रममा महान्यायाधिवक्ता दिनमणि पोखरेलले कार्यकारीलाई सबै अधिकार दिएमात्रै संसदीय सुनुवाईको अर्थ रहने बताउनु भयो । उहाँले न्याय परिषद् र संवैधानकि परिषद् बनाएर संसदीय सुनुवाई गर्दा मान्छेको हुर्मत काट्ने बाहेकको काम नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसदीय सुनुवाईमा मेरो पनि स्पष्ट दृष्टिकोण के छ भने एग्ज्युकिटिभलाई सबै अधिकार दिने हो भने संसदीय सुनुवाईको एउटा अर्थ रहन्छ । न्याय परिषद् पनि बनाउने, संवैधानकि परिषद् पनि बनाउने र फेरि संसदीय सुनुवाई गर्दा इन्स्टिट्युशनहरुको ओभरल्यापिङ भयो भने त्यो डिस्फंग्शनल हुने आधार बन्छ । धेरै इन्स्टिट्युशनहरु बनाउने भन्दा भएकालाई राम्रो बनाउँदै जाने हो । एग्ज्युकिटिभलाई नै अधिकार दिने हो भने बल्ल यो संसदीय सुनुवाई हुन्छ । संवैधानकि परिषद् र न्याय परिषद् रहने हो भने यो मान्छेको हुर्मत काट्ने बाहेकको काम देखिएको छैन । महाअभियोग लगाउने र लगाएपछि डामेर राख्ने अभ्यास छ, यो राम्रो होइन ।’

महान्यायाधिवक्ता पोखरेलले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि थन्क्याएर राख्नेकुरा राम्रो नभएको बताउनु भयो ।