२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान खतरामा परिसक्यो: पूर्वसभामुख ढुंगाना



file photo
अ+ अ-

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गर्नुभएको छ ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताउनु भयो । उहाँले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि बताउनु भयो । उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’

पूर्वसभामुख ढुंगानाले संविधान गणतान्त्रिक हुन नसकेको बताउनु भयो ।




भर्खरै