२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान खतरामा परिसक्यो: पूर्वसभामुख ढुंगाना



file photo
अ+ अ-

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गर्नुभएको छ ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताउनु भयो । उहाँले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि बताउनु भयो । उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’

पूर्वसभामुख ढुंगानाले संविधान गणतान्त्रिक हुन नसकेको बताउनु भयो ।