• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

फाइनल प्रवेशका लागि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले आयोजक मलेसियासँग खेल्दै छ । मलेसियालाई हराएमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयाअनुसार बिहान सवा ११ बजे हुनेछ ।

बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा डकवर्थ लेविस पद्धति (डीएलएस)अनुसार आठ विकेटले विजयी हुँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।