• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, बाढी र पहिराेको चेतावनी ★   पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे प्रशासन ★   नेपाल एसिया कपबाट बाहिरियो ★   प्रधानमन्त्री ओलीले भने– विद्युत् प्राधिकरणसँग मतभेद छैन, उद्योगीसँग बक्यौता उठाइन्छ ★   अमेरिकास्थित नेपालीको सहयोगमा अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान ★   मदन पुरस्कारका लागि पाँच कृति छनोटमा ★   ‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन् ★   ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने ★   अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन पहिलो प्राथमिकतामा ★   मनसुनयता बाढीपहिरामा परी १३३ को मृत्यु

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन



सुदूरपश्चिम : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु-याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायत दुई दर्जनभन्दा बढी साहित्यिक सङ्घ संस्थाले साहित्यकार चन्दलाई अभिनन्दन गरेका थिए । उहाँको ८४ जन्मदिनको अवसर पारेर अभिनन्दन गरिएको संयोजक भट्टले जानकारी दिनुभयो ।

नेपाली सहित्यमा ‘श्रीलोचन’को नामले चिनिनुहुने साहित्यकार चन्दको ‘विसर्जन’ कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । बैतडीको सूर्नया गाउँपालिकामा जन्मिनुभएका उहाँका पाहुना घर, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।