११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

माओवादी केन्द्रको विधान अधिवेशन: सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने, समय आएपछि नाम र चुनाव चिन्ह फेर्न सकिने

माओवादी केन्द्रको विधान अधिवेशन: सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने, समय आएपछि नाम र चुनाव चिन्ह फेर्न सकिने
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ ।

माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनु भयो । उहाँले पदाधिकारीमा भने केन्द्रिय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो । केन्द्रिय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाई छ ।

त्यस्तै विधान अधिवेशनले केन्द्रिय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ । आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ । प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनु भयो । अधिवेशनले पार्टीको नाम र चुनाव चिन्ह तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

अधिवेशनको निर्णय बारे जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो – ‘हरेक कमिटी प्रत्यक्ष निर्वाचनद्वारा गरिनेछ । प्रत्यक्ष निर्वाचनको ढोका खुलेको छ । सबै कमिटीमा प्रत्यक्ष निर्वाचन हुन्छ । केन्द्रिय कमिटीको निर्वाचन भइसकेपछि पदाधिकारी चाहीँ केन्द्रिय कमिटीले निर्वाचन गर्छ । सदस्यताको उमेर १८ वर्ष नै कायम गर्ने भन्ने भएको छ । केन्द्रिय समिति १९९ जनाको बनाउने भन्ने भएको छ । पदाधिकारी ११ जनाको बनाउने भन्ने भएको छ । आयोगहरुमा १५ जनासम्म राख्ने भन्ने भएको छ । कमिटी आगामी महाधिवेशनबाट बनाइने छ । योग्यता, कार्यविधि बारे नियमावलीमा प्रष्ट गरिनेछ । हामीले विधान छोटो बनाउने भनेका छौँ । विधान छोटो बनाएपछि हामीले सबै कुरा नियमावलीमा व्यवस्थामा गर्नेछौँ । हामी नाम सन्दर्भ मिलाएर बदल्न पनि सक्छौँ । तर आजै चाहीँ बदल्ने निर्णय भएको छैन । चुनाव चिन्ह पनि सन्दर्भ आएपछि सोच्न सकिन्छ भन्नेछ । सबै जनवर्गिय संगठनको सम्मेलन गर्ने र पुन:गठन गर्ने निर्णय भएको छ । भारतमा, मध्यपूर्वमा र बाँकी विश्वमा ३ वटा छुट्टै प्रदेशस्तरीय समिति बनाउने छ । अबको महाधिवेशन जिल्लाबाट प्रदेश हुँदै होइन, माथिबाट १९९ कमिटी बन्छ र तलसम्म हुँदै जान्छ ।’

त्यस्तै, माओवादी केन्द्रले सबै जनवर्गिय संगठनहरुको सम्मेलन गर्ने र पुन:गठन गर्ने निर्णय भएको छ । अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट शुरु हुने उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल