१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत



अ+ अ-

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।

नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।

बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।




भर्खरै