• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय समिति बैठक जारी



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा महासमिति बैठकबारे छलफल भईरहेको जनाईएको छ ।

साथै, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस महासमिति बैठक फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुन लागेको छ ।