६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिगमाथि बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ



अ+ अ-

जनकपुरधाम । सिरहाको लहानमा कोठामा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

लहान नगरपालिका २ मा ‘भ्यालेन्टाइन डे’ मनाउने भन्दै १५ वर्षीया नाबालिगलाई कोठामा बोलाएर बलात्कार गरेको आराोपमा १८ वर्षीय निकेश यादव पक्राउ परेका हुन् ।

बुधवार दिउँसो अरुणले कोठामा बोलाई बालिकामाथि बलात्कार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । पीडित परिवारले घटनाबारे प्रहरीलाई राति १२ बजे जानकारी गराएको थियो । लगत्तै प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको हो।

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको छ । अत्यधिक रक्तश्राव भएर बेहोस भएकी उनलाई बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । प्रादेशिक अस्पतालले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए ।