२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिगमाथि बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ



अ+ अ-

जनकपुरधाम । सिरहाको लहानमा कोठामा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

लहान नगरपालिका २ मा ‘भ्यालेन्टाइन डे’ मनाउने भन्दै १५ वर्षीया नाबालिगलाई कोठामा बोलाएर बलात्कार गरेको आराोपमा १८ वर्षीय निकेश यादव पक्राउ परेका हुन् ।

बुधवार दिउँसो अरुणले कोठामा बोलाई बालिकामाथि बलात्कार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । पीडित परिवारले घटनाबारे प्रहरीलाई राति १२ बजे जानकारी गराएको थियो । लगत्तै प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको हो।

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको छ । अत्यधिक रक्तश्राव भएर बेहोस भएकी उनलाई बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । प्रादेशिक अस्पतालले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए ।




भर्खरै