
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
साथै उहाँले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ ।