११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सरकारले क्यान्सरका विरामीलाई दिने गरेको उपचार खर्च अपुग छ: क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ

सरकारले क्यान्सरका विरामीलाई दिने गरेको उपचार खर्च अपुग छ: क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ
अ अ+ अ-

ललितपुर। सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर विरामीको उपचारको लागि ५ देखि (ब्लड क्यान्सर देखिएमा त) १० लाखसम्म उपचार खर्च लाग्छ । उपचार खर्च धेरै लाग्ने भएकोले वाल क्यान्सरका विरामीहरु विचैमा उपचार छोड्ने गरेका छन् । अझ क्यान्सर लागेका वालिकाहरुलाई त उपचारै नगर्ने परिपाटी पनि रहेको छ ।

सबै उमेर समुहका क्यान्सरका विरामीलाई एउटै स्तरमा राखेर प्रतिविरामी १ लाख रुपैयाँ उपचार खर्च दिनुभन्दा ‘निको हुने दर बढी भएका’ वाल क्यान्सरका विरामीको उपचार खर्चमा सरकारले वृद्धि गर्नुपर्छ । अन्य उमेरका क्यान्सर विरामीको तुलनामा वालवालिका (जन्मेदेखि १८ वर्ष उमेर सम्मका) हरुमा उपचारपछि क्यान्सर निको हुने दर ८० देखि ८५ प्रतिशत छ । विपन्न क्यान्सरका विरामीहरुको उपचारको लागि सरकारले दिँदै आएको प्रति विरामी १ लाख रुपैयाँ उपचार खर्च पनि सरकारले लामो समयसम्म उपलव्ध नगराईदिँदा नीजि अस्पतालहरुलाई निकै समस्या पर्ने गरेको छ ।

‘बोनम्यारो ट्रान्सप्लाण्ट’ गर्न सकिएमा उपचारमा आएका थप १० प्रतिशत बोनम्यारो या ब्लड क्यान्सरका विरामीलाई बचाउन सकिन्छ । ब्लड क्यान्सरका विरामीको लागि ‘बोेनम्यारो ट्रान्सप्लाण्ट’ भनेको रगतको कोषिकामात्रै प्रत्यारोपण गर्ने हो । यसमा रगतसंग सम्वन्धित काम मात्रै हुन्छ । यो मिर्गाैला र कलेजो जसरी दाताको शरीरबाट झिकेर विरामीमा हाल्ने होइन । यसबारे सरकारले बुझेको छैन र गहिराईमा बुझ्न खोजेको पनि छैन ।

नीजि क्षेत्रबाट विगत १० वर्षदेखि विभिन्न प्रकारका क्यान्सरको गुणस्तरीय निदान र उपचार सेवा दिँदै आएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धिका सरोकारवाला र विशेषज्ञहरुले वाल क्यान्सर दिवसको पुर्वसन्ध्यामा सञ्चारकर्मीहरुसंगको सहभागितामा बुधबार राउण्ड टेवल बैठकको आयोजना गरि सरकारसंग यस्ता माग गर्नुका साथै विविध सुझाव पनि दिए ।

अस्पतालको वाल क्यान्सररोग विभागद्वारा आयोजित सो राउण्ड टेवल बैठकमा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले सरकारले वीनियोजन गरेको १ लाख रुपैयाँ उपचार खर्च अपुग भएका कारण वाल क्यान्सरका विरामीहरुलाई आर्थिक समस्या भई विचैमा उपचार छोड्ने गरेको बताए ।

सरकारको औषधि व्यवस्था विभागले क्यान्सरको उपचारको लागि आवश्यक पर्ने नयाँ नयाँ प्रविधिका औषधिहरु नेपालमा भित्र्याउने अनुमति नदिँदा धेरै क्यान्सरका विरामी अकालमै मर्ने गरेको तथ्य पनि उनले औल्याए ।

अस्पतालको वरिष्ठ वाल क्यान्सररोग विशेषज्ञ डा.प्रकाश निधि तिवारीले नेपालका कुल अनुमानित वाल क्यान्सरका विरामीमध्ये ७० देखि ८० प्रतिशत विरामी सम्पर्कमा नआउने र आएका २० प्रतिशतको मात्रै उपचार हुने गरेको बताए ।

नेपाल क्यान्सर हस्पिटलमा उपचारका लागि आउने वाल क्यान्सरका विरामीलाई निको पारेर घर फिर्ता पठाउने गरेको बताउँदै वाल क्यान्सररोग विशेषज्ञ डा.अञ्जली पण्डितले उपचार रकमको अभावका कारण कुनैपनि वाल क्यान्सरका विरामीलाई उपचारबाट वञ्चित नगराउने अस्पतालको नीति भएको बताइन् ।

अस्पतालका सिनियर कन्सल्टयान्ट रेडियोलोजिष्ट डा.गिसुपनिख प्रसिको, सिनियर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, अंको प्याथोलोजि विभाग प्रमुख डा.हरिप्रसाद ढकाल,कन्सलट्याण्ट अर्थाे अन्कोलोजिष्ट ऋषिराम पौडेलले वाल क्यान्सरका विरामी हरुको निदान र उपचारको लागि अस्पतालमा उपलव्ध भएका सेवाबारे प्रकाश पारे ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले सरकारले क्यान्सरका विरामीको उपचारको लागि विनियोजन गरेको रकम समयमै निकासा नगरिदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको गुनासो गरे ।

आज फेबु्रअरी १५ तारीख विश्वभरी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि विश्व वाल क्यान्सर दिवस मनाइँदै छ ।