काठमाडौंं । नेपाल प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ बाफल महाडोलमा ईनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ ।
बुधबार बिहान सात बजे तीर महाडोल बसोबास गर्ने वर्ष ५० की अन्जु सिंह काम गर्ने क्रममा ईनारमा खसेको सुचना पाएपछि बिपद् व्यवस्थापन कार्यालयको टोलीले सकुसल उद्धार गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दका अनुसार प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा २५ जनाको विपद् उद्धारले सकुसल उद्धार गरेको जानकारी दिनुभयो ।
अन्दाजी १०० फिट गहिरो ईनारबाट जिवितै उद्धार गरिएकी सिंहलाई उपचारको लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।