७ पुष २०८२, सोमबार
,
Latest
मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभानमन्त्री आलीलाई काँग्रेसको संकेत: वैधानिकरुपमा दल विभाजन गर्न सहयोग गर्ने



अ+ अ-

काठमाडौं । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिकरुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ ।

काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयककारुपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन’ काँग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘कि त मिलेरै अंशवण्डा गर्नुपर्यो । एउटै दल हुन नसक्ने अवस्था हो भने पहिलाकै अध्यादेशलाई प्रधानमन्त्रीले विधेयककारुपमा संसदमा ल्याउनुपर्छ । पारित गर्न हामी सहयोग गर्छौं ।’

प्रधानमन्त्री ओलीले भने दल विभाजनसम्बन्धी कानुन विधेयककारुपमा नभएर अध्यादेशकैरुपमा ल्याउने बताइरहेका छन् । अधिवेशनलाई केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेश ल्याउने संकेत उनले दिएका छन् । ओलीको यस्तो प्रयासलाई साथ दिन नसकिने रिजालले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।