९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक



अ+ अ-

पोखरा । नेपाल–भारत सहयोग मिसनको रिपोर्टले २०१८ सालमा फेवा तालको क्षेत्रफल १०.३५ वर्ग किलोमिटर रहेको उल्लेख गरेको थियो। नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले त्यसकै आधारमा प्रमाण खोजी गर्दै गए। तर, कुनै प्रमाणले त्यसो भनेन। ‘न स्थानीय बूढापाकाका अनुभवले त्यसो भन्यो’, गौतमले भने, ‘त्यही रिपोर्ट आउँदाको बेलाको तालको नक्सा खोजेर नाप्दा पनि भनिएजति भेटिएन।’

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा फेवा ताल अतिक्रमण जग्गा छानबिन समिति बनाए। उक्त समितिले तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (९६.५४ वर्गकिमि) रहेको प्रतिवेदन बनायो। इन्जिनियर गौतम सदस्यसचिव रहेको समितिको प्रतिवेदनले भने त्योभन्दा फरक तथ्य निकालेको छ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्योल गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गरेका हुन्। फेवातालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।