९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानद्वारा दर्जनौँ पूर्व अफगान अधिकारीको हत्या : संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन



अ+ अ-

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार अगस्टमा तालिबानले देशलाई कब्जामा लिएपछि अफगान सरकारका १०० भन्दा बढी पूर्व सदस्य, यसका सुरक्षा बल र अन्तर्राष्ट्रिय सेनासँग काम गर्नेहरू  मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गरेको आइतबारको प्रतिवेदनमा ‘दुई तिहाइभन्दा बढी’ पीडितहरूलाई तालिवान वा यसका सहयोगीहरूले कथितरूपमा गैरन्यायिक रूपमा मारेको उल्लेख छ । 

“पूर्व सरकार र गठबन्धन सदस्यविरुद्ध सरकारका पूर्व सदस्य, सुरक्षा बल र अन्तर्राष्ट्रिय सैन्य बलहरूसँग काम गर्नेहरूका लागि सामान्य माफीको घोषणाका बावजुद अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिशन (युएनएएमए) ले हत्या, बलपूर्वक बेपत्ता र अन्य उल्लङ्घनहरूको विश्वसनीय आरोपहरू प्राप्त गरेको छ”, प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्र मिशनले अस्थायी गिरफ्तारी, कुटपिट र धम्की दिने ४४ घटनाहरू दस्तावेज गरेको थियो र तीमध्ये ४२ तालिबानद्वारा घटित थिए।

प्रतिवेदनअनुसार मिशनले अफगानिस्तानमा सक्रिय आईएसआईएल सम्बद्ध सङ्गठन आईएसआईएल–केपीसँग सम्बद्धताको आशङ्कामा कम्तिमा ५० व्यक्तिको गैरन्यायिक हत्याको विश्वसनीय आरोपहरू पनि प्राप्त गरेको छ ।

तालिबानद्वारा तीन र आईएसआईएलसम्बन्धित आईएसकेपी द्वारा तीनसहित आठ नागरिक सामाजिक कार्यकर्ता मारिए र १० लाई तालिबानद्वारा अस्थायी गिरफ्तारी, कुटपिट र धम्कीको शिकार गरियो। दुई पत्रकार पनि मारिएका छन् । 

तालिबानले सुरुमा पूर्व सरकार र अन्तर्राष्ट्रिय सेनासँग सम्बन्धित व्यक्तिहरूलाई सामान्य माफी दिने र महिला र जातीय अल्पसङ्ख्यकहरूप्रति सहिष्णुता र समावेशीताको प्रतिज्ञा गरेको थियो।

यद्यपि तालिबान समूहले महिलामाथिका प्रतिबन्धहरू पुनः ब्युँत्याएको छ र सबै पुरुषहरूको सरकार नियुक्त गरेको छ । यसले अन्तर्राष्ट्रिय समुदायलाई निराश पारेको छ । 

महासचिव गुटेरेसका अनुसार मानवअधिकार रक्षकहरू र मिडियाकर्मीहरू पनि ‘आक्रमण, धम्की, उत्पीडन, स्वेच्छाचारी गिरफ्तारी, दुर्व्यवहार र हत्या’ अन्तर्गत परेका छन्।

“तालिबानले कब्जा गरेको छ महिनापछि अफगानिस्तानको अवस्था अनिश्चित छ किनभने देशभरि धेरै राजनीतिक, सामाजिक–आर्थिक र मानवीय धक्काहरू पुनरावृत्ति भइरहेको छ”, महासचिव गुटेरेसले भन्नुभयो । 

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार मार्च २०२२ सम्ममा दुई करोड २८ लाख मानिस खाद्य असुरक्षाको ‘सङ्कट’ र ‘आपतकालीन’ स्तरमा पर्ने अनुमान गरिएको छ। पाँच वर्षमुनिका आधा बालबालिकाले तीव्र कुपोषणको सामना गरिरहेका छन्।

तालिबानका कार्यवाहक उच्च शिक्षा मन्त्रीले आइतबार तालिबानले अगस्टमा सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विश्वविद्यालयहरू फेब्रुअरीमा फेरि खुल्ने बताए।

उनले महिला विद्यार्थीहरु फर्कन सक्ने वा नसक्ने बारे बताएनन् । यसै महिनाको सुरुमा एक वरिष्ठ तालिबान नेताले मार्चको अन्त्यसम्ममा सबै उमेरका केटीहरू स्कूल फर्किने वाचा गरेका थिए।

हालसम्म तालिबान सरकारले देशका अधिकांश भागमा केटाहरूका लागि मात्र उच्च विद्यालयहरू खोलेको छ।

केही निजी विश्वविद्यालयहरू फेरि खुलेका छन् तर धेरै अवस्थामा महिला विद्यार्थीहरू कक्षामा फर्कन सकेका छैनन्। एजेन्सी