• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले डिएलएस मेथडमा कुवेतमाथि ८ विकेटको जित हात पार्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।

वर्षाले प्रभावित खेलमा जितको लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जित दिलाउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । यस्तै, सीता राना मगरले १७ रन जोडिन् ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनायो ।

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३/१३ रन जोडे ।

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिए ।