२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा ‘भ्यालेन्टाइन डे’ (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छन् ।

विश्वभर आजको दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन फेब्रुअरी ७ तारिख ‘रोज डे’सँगै सुरु भएको हो ।

फेब्रुअरी ८ तारिखमा ‘प्रपोज डे, फेब्रुअरी ९मा ‘चोकलेट डे’ फेब्रुअरी १० मा ‘टेड्डी डे’, फेबु्रअरी ११ मा ‘प्रोमिश डे’ मनाइको छ ।यस्तै, फेब्रुअरी १२ ‘हग डे’, फेब्रुअरी १३ तारिखमा ‘किस डे’ र फेब्रुअरी १४ आज ‘भ्यालेन्टाइन डे’ भव्यताका साथ मनाइँदैछ ।

आजको दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । भ्यालेन्टाइन डे सँगै काठमाडौँका गिफ्ट तथा फूल पसलमा यतिबेला भिड लागेको छ ।

फोटो: ताईवानि फोटोपत्रकार शाओ आई पेङ