४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा लिटरेचर फेस्टिभल आयोजना कानूनविपरीत

सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा लिटरेचर फेस्टिभल आयोजना कानूनविपरीत
अ+ अ-

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ प्रति आपत्ति जनाएको छ ।

यी संस्थाले एक विज्ञप्ति जारी गर्दै फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने साहित्य महोत्सवमा सूर्य नेपालको लोगोसहित प्रचारप्रसार गरिनु कानूनविपरीत रहेको जनाएको हो । यी संस्थाले आयोजक संस्था बुकवार्म फाउण्डेसनको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्तीजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको प्रचारप्रसार गरिएको छ, जुन कानुनविपरीत छ । त्यसैले यस कार्यक्रमका आयोजक संस्था बुकवार्म फाउन्डेसनलाई कानूनविपरीत कार्य नगर्नु हुन ध्यानाकर्षण गराउँदछौं । साथै सहभागीहरुलाई पनि कानूनतर्फ ध्यानाकर्षण गर्दै कानूनविपरीत सहभागी नहुन अपिल गर्दछौं ।’

बिज्ञप्तिको पूर्णपाठ

नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जना अर्थात् प्रतिघण्टा ४ जनाले ज्यान गुमाइरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ । सूर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरु जस्तै क्यान्सर, स्वासप्रश्वाससम्बन्धी रोगहरुलगायत विभिन्न र फोक्सोसम्बन्धी रोगहरु लाग्ने गरेको छ । नेपाल सरकारले सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वनमा ल्याइसकेको छ । नीतिगत रुपमा बलियो हुँदा हुँदै पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिन्छ ।

यसै सन्दर्भमा, जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको मुख्य प्रायोजनमा फाल्गुन ३ देखि ७ गते सम्म हुन् गइरहेको “नेपाल लिटरेचर फेस्टिवल २०२४” प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जहाँ सुर्तीजन्य पदार्थको उत्पादक कम्पनि सुर्य नेपालको लोगोसहित प्रचार प्रसार गरिएको छ जुन कानुनविपरित छ । त्यसैले यस कार्यक्रमका आयोजक संस्था वुकवर्म फाउन्डेसनलाइ कानुन विपरित कार्य नगर्न हुन् ध्यानाकर्षण गराउँदछौ । साथै सहभागीहरुलाइ पनि कानुन तर्फ ध्यानाकर्षण गर्दै कानुन विपरित सहभागी नहुन अपिल गर्दछौं ।

प्रायोजनमा निषेध सम्वन्धमा

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ मा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा काम गर्न नपाउने कुरा स्पष्ट उल्लेख छ । जसको उपदफा १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सँग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन । कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।

सार्वजनिक ब्यक्तित्वहरुको सहभागिता गैरकानुनी

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’ यसै गरि दफा २४ मा सार्वजनिक सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु नहुने कुरा स्पष्ट उल्लेख छ । तर आयोजकले फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सहभागी गराउने भनि प्रचार गरिएको छ । कानुन कार्यन्वयनमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुले नै कानुनको कार्यन्वयन नगरी धज्जी उडाउनु विडम्बना हो ।

त्यसैले यी सबै कानुनी प्रावधानहरु विपरित कार्य नगर्नुहुन सरकार, आयोजक, प्रायोजक, सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरु, लेखक, पत्रकार, कानुन निर्माता र सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं ।