२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
सांकेतिक तस्बिर
अ अ+ अ-

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।

राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभरीबाट तीन हजार ६४५ ले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् । सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ठूलो रहेको बताइएको छ ।

अघिल्ला वर्षको तुलनामा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या घट्दै गएको भए पनि अझै पूर्ण रुपमा अन्त हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आव २०७४/७५ मा २० प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आव २०७५/७६ मा १७ प्रतिशत र आव २०७६/७७ मा ११ प्रतिशत महिला उमेर नपुग्दै आमा बनेका छन् । 

सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६९९ मध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । 

चालू आर्थिक वर्षको साउनयता मात्र दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रमा मात्रै ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिएको पाइएको छ । जिल्लामा सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दै जान थालेपछि यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजङ्ग कुँवरको भनाइ छ ।