८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै



सांकेतिक तस्बिर
अ+ अ-

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।

राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभरीबाट तीन हजार ६४५ ले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् । सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ठूलो रहेको बताइएको छ ।

अघिल्ला वर्षको तुलनामा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या घट्दै गएको भए पनि अझै पूर्ण रुपमा अन्त हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आव २०७४/७५ मा २० प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आव २०७५/७६ मा १७ प्रतिशत र आव २०७६/७७ मा ११ प्रतिशत महिला उमेर नपुग्दै आमा बनेका छन् । 

सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६९९ मध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । 

चालू आर्थिक वर्षको साउनयता मात्र दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रमा मात्रै ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिएको पाइएको छ । जिल्लामा सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दै जान थालेपछि यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजङ्ग कुँवरको भनाइ छ ।