• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियन कप उपविजेता जोर्डनलाई स्वदेशमा भव्य स्वागत



एजेन्सी । कतारमा भएको एएफसी एसियन कप, २०२३ मा फाइनलमा आयोजक राष्ट्र कतारसँग पराजित भएको जोर्डनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।

दोस्रो स्थान हासिल गरेको जोर्डनको पुरुष फुटबल टोलीलाई जोर्डनको राजधानी अम्मानमा न्यानो स्वागत गरेको हो । जोर्डन फुटबल संघ (जेएफए) का अध्यक्ष राजकुमार अली बिन अल हुसेनले रानी आलिया अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई भेटेर स्वागत गर्नुभयो ।

जोर्डन फुटबल संघ (जेएफए) ले अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जोर्डन टोलीलाई स्वागत समारोह आयोजना गरेको थियो । जहाँ स्ट्यान्डहरू ठूलो संख्यामा दर्शकहरूले खचाखच भरिएका थिए ।

जसले फाइनल खेलमा पुग्ने ऐतिहासिक उपलब्धि पछि राष्ट्रिय टोलीप्रति कृतज्ञता व्यक्त गरेका थिए । जोर्डनको राष्ट्रिय टोलीले सन् २००४, २०११, २०१५, २०१९ र २०२३ मा पाँच पटक एएफसी एसियन कपमा भाग लिएको छ ।