२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

कृषिका सुसेलीहरू

कृषिका सुसेलीहरू
अ अ+ अ-

साहित्य भनेको नै मानिसले अनुभूत गरेका समबेदना, भाबना, मनोदसा र चेतनालाई भाषाको माध्यामबाट अभिव्यक्त गर्ने तथा संप्रेषण गर्ने कला हो। सष्ट्राले अनुभुतिकरण गरेका संवेदनाका तरंगहरू,भावनाहरु र मनोदसाहरू उसका सृजनामा अभिव्यक्त भएका हुन्छन। त्यसकारण साहित्य मानवअनुभूतिको अभिव्यक्ति हो। मानव जीवनले भोगेका अनुभव, अनुभूति र उसको इच्छा, चाहना रपरिकल्पना कलात्मकरुपले अभिव्यक्त गर्नु नै साहित्य सिर्जना गर्नु हो।

अम्बिका अधिकारी तिवारी, नित्यानन्द खनाल, भरतमान श्रेष्ठ, र अतिथि सम्पादक टीकाराम वाग्ले द्वारासंकलित र सम्पादित यो “कृषिका सुसेलीहरु” कविता संग्रहमा ६९ वटा कविता समाबिस्ट गरिएका छन्। यी सबै कविताहरु कृषिको उत्पादन प्रणालीमा रुपान्तरण नगरी, कृषि खाधन्न्मा आत्मनिर्भर नभै देसमा सम्वृद्धि आउन सक्दैन र देसले विकास गर्न सक्दैन भन्ने चेत्तानामुलक संदेश संप्रेषण गर्ने हेतुले लेखिएका छन। एकातिर पहाड, पर्बत, मदेश सबैतिरबाट युवा शक्ति रोजगारको खोजीमा बिदेसिने अबस्ता, अर्कोतिर पहाड, उपत्यका, मदेशका कृषियोग्य जमिन जनासक्तिको अभाबमा बाझै रहने अबस्ता र बिदेसबाट यायतित खाधन्नमा डरलाग्दो परनिर्भरताको अबस्ताको पृष्ठभूमिमा लेखिएका यी कविताहरु अतिनै सान्दर्भिक र महत्वपुर्ण छन्।

कृषि र पर्यावरण साहित्य सृजनाको बिषयबस्तु बन्न नसकिरहेको परिप्रेक्ष्यमा नापाको पहलकदमीमा कृषि साहित्यको यो कविता संग्रहको प्रकाशन हुनु प्रसंसनीय र स्वागतयोग्य कार्य हो। आज हामीलाई कृषि र पर्याबरण साहित्यको ठुलो खाँचो छ, खासगरी नेपालजस्तो कमजोर कृषि उत्पादन प्रणाली र कमजोर पर्यावरण धरातल भयको देशमा। हामीलाई दिगो कृषि उत्पादन प्रणाली, माटो,जमिन, जल, जंगल, जैविक बिबिधता र जिबन बचाउने चेतनामुलक साहित्यको आबश्यकता छ। “कृषिका सुसेलीहरू” को यो कविता संग्रहले एकातिर नेपालको कृषि क्षेत्रमा देखा परेका समस्या, विसंगति, बिग्रह र कृषकहरुको अवस्थाको सटिक ढंगले चित्रण गरेको छ भने अर्कोतिर कृषि उत्पादन प्रणालीलाई मर्यादित र व्यवसायिक नबनाई देशले सम्वृद्धि प्राप्त गर्न सक्दैन भन्ने चेतनामुलक संदेश पनि सम्प्रेषण गर्न सकेको छ ।

यो कविता संग्रहका अधिकांस कविताहरू युवा पुस्ताका कबि र कवियत्रीहरूबाट रचयित भयकाले पनि यो कविता संग्रहको बिशेष महत्व रहेको छ किनभने कृषि बिकाश भनौ वा देश बिकाशको कुरा गरौ, त्यो सबै युवा पुस्ताकै नेतृत्व र पहलकदमीमा हुने हो। अधिकांस कविताहरुमा कविता सिर्जना गर्ने सिकारुपनको झ(झल्को देखिय पनि यस कृषि कविता संग्रहले माटो, बिउ(बिजन, जल( जमिन, जंगल, जिबन र जैविक बिबिधता नै हाम्रो बाच्ने, बचाउने आधारशिला हो र देसको सम्वृद्धिको मेरुदण्ड हो भन्ने संदेश दिन सफल भएको छ। सबै कविताहरुले राम्रो र अर्थपूर्ण भाव सम्प्रेसण गरेक छन तथापी केहि प्रतिनिधिमुलक कविताहरु र तिनीहरुलेअभिव्यक्त गरेका चेतनामुलक संदेश जो अर्थपूर्ण र मनन योग्य छन्, तिनका बारेमा यो समीक्षात्मक टिप्पणी तपाईहरु समक्ष प्रस्तुत गर्न पाउदा खुसि लागेको छ ।

कवियत्री गरिमा उपाध्या को “कृषिमा सम्वृद्धि” कविताका निम्न उद्धरणले धेरै कुरा उजगार गरेका छन्। उनि भन्दछिन हाम्रा हरिया,पहाड़, पाखा बन र बेशीहरुमा प्रविधिको विस्तार गरि सम्ब्रिदिको जग बसाएर ब्यबशायिक बन्दै सपना साकार पारे हामी किन बिदेशिनु र रुनु पर्दा छ र?
पाखा यी हरिया पहाड बनको उद्योग धन्दा गरौ
बेसी, लेक घुमी घुमी प्रविधिको विस्तार आफैं गरौ
आस्थाका सपना बुनौं अब सधैं पदैन प्रबासिन
बन्दै जाउाँ न व्यवसायिक पदैन हामी रून 

कबि गणेश बेलबासेको “माटोको मर्म ” कविताले माटोको महत्वलाई मात्र उजगार गरेको छैन, यो कविताले “माटो” मानव सभ्यताको उत्पति र मानिसका सपनाहरु फुल्ने फल्ने धरातल हो भन्ने यथार्थतालाई सम्प्रेषण गरेको छ।
 यही माटोमा फुल्छन् युगीन सपनाहरू, भोक मेटाउने समृद्ध पलहरू
 माटोले लेखेका जिबनहरु, माटो खाएर भबिष्य कोर्छन
 माटो मै हराभरा भएर माटो मै बिलाउछन्
 त्यसैले माटो युगीन सपनाहरूको धरातल हो

“कृषि कविता” शीर्षकमा रामहरी अधिकारीका यी उद्धरणले कृषि नै सबैको उद्धार गर्ने र दुखमा सबैलाई आस्वस्त पार्ने भरोशायोग्य पेशा हो र कृषि पेशालाई महत्व दिन सके देशको प्रगति सुनिश्चित हुन् सक्छ किनभने उद्धम, व्यापार र रोजगारीका अवसर कृषि बाट नै उत्प्रेरित हुन्छन भन्ने सत्य लाई उजागर गरेका छन्।
  कृषि हो सबको घरै घर महा गोदाम भर्ने पनि।
  कृषि नै जन को मुलूक भरको, उद्धार गर्ने पनि।
  कृषिले दुस्खका हरेक क्षणमा, आश्वस्त तुल्याउछ।
  मान्छेको अति नै कठीन घडीमा, जीवन्त तुल्याउछ।
  कृषिमा दिउ है महत्व सबले यो देशको खातिर।
  जानु पो किन पर्दथ्यो अरु मुलुकमा, खोजेर लौ जागिर ।
 चल्छन् उद्यम औ ब्यापार पनि ति, सुधार कृषि गरे।
  कृषिकै भरमा सहस्र प्रगती, यो देश भित्रै भरे ।

“ऊ कृषक” कबिता की आरती खुलालका यी उद्धरणले सफा हत्केला र औंम्लाहरुले माटोले पोतिएका किसानका हातलाई गिज्याउन
सकेनन र माटोमा उसले रोपेका धानका बाला भन्दा हिरा र सुन चम्कियेनन भनेर कृषि कर्म गर्न लाज मान्ने सुकुलगुडे प्रबिर्ती प्रति
ब्यंग्य गरेकी छन ।
  मेरा निखर सफा हातका औाँलाले
  उसका माटैमाटो भएको औाँलालाई
  कहिँल्ल्यै गिज्याउन सकेन
  लजाइरहे त केवल आफ्नै सफा हत्केलाहरू।
  हार अनि नैरास्यताको दुनियामा
  उसले माटोसंग आशा गर्न कहीले छोडेन
  हीरा अनि सुनको जमानामा, ती सुन
  उसले रोपेको धानको बाला भन्दा कहिल्यही चम्कियन
  उ त्याहा हेर त, उ किसान हो ।

“कृषिमा नै नेपालको उन्नति” देख्ने कवियत्री अम्बिका अधिकारी तिवारी आफ्नो कवितामा बोल्नु हुन्छ, उर्बर माटो र नदिनालाले सज्जीएको हाम्रो देशमा, गरे के हुदैनरु खाचो छ त केवल हाम्रो आफ्नै पौरखी पाखुरा र स्वाभिमानमा विश्वास र बाच्न चाहने ध्रिडसंकल्प सहितको उद्धमसिलता। उनको कविताको यी उद्धरणले यथार्थताको सटिक चित्र प्रस्तुत गरेको छ ।
  फर्केर हेर त,
  आफ्नो एउटा सानो मिहिनेतले पहेंलपुर अन्न झुल्छन यहा।
  सदाबाहर फलफूल तरकारीहरू डाडा(काडा ढाकेर फल्छन यहा।
  गाई, भैसी, भेडा, बाख्रा, कुखुरा अनि ढुकुर, मयूर रमाएर चर्छन यहा।
  भरिपुर्ण छ हामी पौरखी नेपालीलाई आफ्नै पाखुरा र स्वाभिमानमा बाच्न याहा।

“युवा वर्गलाई कृषि प्रधान देसको आग्रह” कवितामा कबि पद्मनाथ आत्रेयले हिमाल, पहाड र तराईको सुन्दरताको बर्णन गर्दै यहाँको सुनौला भूमिमा नहुने के छ र हामी जे पनि त उत्पादन गर्न सक्छौ भन्ने संदेश प्रबाह गर्नु भयको छ । युबाहरुलाई आबाहन गर्दै भन्नु हुन्छ, क्षणीक विलासितामा नहराऊ, माटोमै सम्ब्रिधि र भबिस्य खोजौ। यो संदेशले युबाहरुलाई कृषि उद्धमसिलतामा प्रेरणा जगाउने काम गरेको छ, जो मननयोग्य छ।
  यता पहाड सुन्दरै, उता हिमाल सुन्दरै ।
  तराइको त के कुरा, सुनौल खेत सुन्दरै।
  गरे हुदैन यहा के, मनैभरि बनैभरि ।
  बिउ, मुना टुसाउछन्, विकासले सधैंभरि।
  भुमि बने तिमि बन्छौ, क्षणीकता नहेर है।
  रमेर देशमै मरौं, बिलासिता नरोज है ।
  रमाइलो छ देशमै, जुटौं सबै युवा मनै।
  भुमि हाम्रो भबिस्य हो, उठौ सबै युवा जनै।

“कृषि जिबन र जगत” कवितामा कवियत्री अमिता कंडेलका यी उद्धरणहरु मननयोग्य छन्। उनका कविताका यी उद्धरणले अब चुप लागेर बस्ने बेला छैन,जुर्मुरायर उठ्नु पर्छ, बाझा जमिन फोर्नु पर्छ र कुलोहरु सोझ्याउनु पर्छ भन्दै सबैलाई सकारात्मक सोचका साथ कर्मसिल हुन् आवहान गर्दछिन। त्यसरी नै उनि भन्छिन माटोको नियत त जिबन दिनु हो, जिबनको रक्षा गर्नु हो, माटो भन्दा पर न त जिबन नछ न त जगत नै छ। त्यसैले उनि सबैलाई आवहान गर्छिन माटोको पुजा गर्न१
  अब उठ्नु पर्छ हलोधारीहरू
  जुर्मुराउनु पर्द छ कोदाला र आाँसीहरू
  फोर्नु पर्दछ बाझो जमीनहरू
  स्यम्यउनु पर्छ ढिस्का र कान्लाहरू
  सोझ्याउनु पर्छ कलकल बग्ने कुलोहरू
  नियतिहरु को नियत चाहे जेसुकै होस्
  माटोको नियत सधैं जिबनको रक्षा गर्ने हुन्छ
  माटो भन्दा पर न जिबन छ, न त जगत छ
  ओ मान्छेहरू हो१ आऊ माटोको पूजा गरौाँ।

यो कविताभित्र जिबन र जगत बोलेको छ। कविताले जिबन बाच्ने दर्शन पनि बोकेको छ। कृषि बिकाशको सुन्दर भबिस्य निर्माण गर्न उत्प्रेरणा मुलक संदेश प्रबाह गरेको छ। कृषि उत्पादन प्रणाली भेनेको जमिन, जल, जीव र जैविक बिबिधताको सन्तुलित उपयोग र संयोजनमा बिकसित प्रणाली हो। यो प्रणालीलाई ‘चार ज’ को अन्यानोन्यास्रित प्रणालीको रुपमा बुझ्नु पर्ने हुन्छ। नेपालको प्राकृतिक सम्पदा भेनेको नै यी नै ‘चार ज’हुन् र यिनको प्रणालीगत सन्तुलित बिकाशमा मात्र दिगो कृषि उत्पादन प्रणाली सम्भव छ।
कोरोना भाईरसको संक्रमणले सिकाएको महत्वपूर्ण पाठ के हो भने यायआर्जन र जीविकाका सबै छेत्रहरु ध्वस्त हुदा, कृषि उत्पादन प्रणाली नै अन्तिममा जिबनधान्ने एक मात्र भरपर्दो आधार हो भन्ने तथ्य। यो तथ्यलाई आत्मसाथ गरि नेपाल जस्ता बिकाशसिल देशहरुले कृषि उत्पादन प्रणालीलाई बिशेष प्राथमिकतामा राखी कृषि बिकाशको दिर्घकालिन रणनिति बनाउनु नितान्त आवश्यक छ। जब सम्म कुनै पनि देश खाध्य सुरक्षामा आत्मानिर्भर हुदैन, तब सम्म त्यो देश कुनै पनि क्षेत्र मा सुरक्षित हुन् सक्दैन। किनभने, खाद्य-सुरक्षा नै सबै सुरक्षा को आधारशिला हो। त्यसैले त भनिने गरिन्छ नि “कृषि मुल्श्च्य जिबनम”।
अन्त्यमा सबै कबि कवियत्री हरूलाई अझ मिठा र सुरिला भाखामा कृषिका सुसेलीहरु सृजना गर्ने जागर चलिरहोस र नापालाई ति सुसेलीहरु नेपालि कृषकहरुका कानमा गुन्जायमान गर्न सफलता मिलोश। आसा गरौ “नापा” एकदिन नेपाली कृषकका घरमा ज्ञान-बिज्ञान र संज्ञानको भरोसा र आकर्षणको केन्द्र बन्न सकोस।”कृषि मुल्श्च्य जिबनम” को सम्बाहक बन्न सकोश भन्ने शुभकामना र शुभेक्षा सहित धन्यवाद ।
 
समिक्षक प्रा. डा. गोपी उप्रेती अन्तराष्ट्रिय नेपाली  साहित्य समाजमा संग आबद्ध हुनुहुन्छ