• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

७९ वर्षीया महिलाले ५० वर्षमा १९३ देशको भ्रमण गरेर रचिन् इतिहास



एजेन्सी । कोही मानिसहरु संसार घुम्न मन पराउँछन्, उनीहरु पृथ्वीको हरेक कुना घुम्न चाहन्छन् । एउटी अमेरिकी महिलाले पनि सानैदेखि विश्व घुम्ने सपना देखेकी थिइन् र विगत ५० वर्षमा उनले २०–२५ मात्रै नभएर १९३ देशको भ्रमण गरिसकेकी छन् ।

७९ वर्षीया लुइसा युले विगत पचास वर्षमा १९३ देशको भ्रमण गरेर विश्व घुम्ने आफ्नो सपना पूरा गरेकी छिन् । उनले सर्बियालाई आफ्नो अन्तिम बिन्दु बनाइन् ।

लुइसा युले गुड मर्निङ अमेरिकालाई बताइन्, ‘जब म चलचित्र हेर्न गएँ, म सुन्दर परिदृश्य, नदी, पहाड देखेर मोहित भएँ, त्यसैले कुनै दिन म यी ठाउँहरूमा जान्छु भन्ने सोच्थें ।’

लुइसा भर्खर २३ वर्षकी थिइन् जब उनी एक्सचेन्ज स्टुडेन्टका रूपमा अमेरिका आएकी थिइन् र उनले पहिलो पटक अमेरिकाबाटै आफ्नो यात्रा सुरु गरेकी थिइन् । सुरुमा देश बाहिर जान नसकेपछि उनी अमेरिका घुमिन् ।

लुइसा युले मेडिकल टेक्नोलोजी क्षेत्रमा काम गरिन् र पछि ट्राभल एजेन्ट भइन् ताकि उनले आफ्नो कामसँगै आफ्नो शौकलाई पछ्याउन सकून् । विगत पाँच दशकमा उनले इटाली जस्ता युरोपेली देशदेखि थाइल्यान्डजस्ता एसियाली देश र त्यसभन्दा बाहिर लिबिया जस्ता अफ्रिकी मुलुक र इरान जस्ता मध्यपूर्वी देशसम्मको यात्रा गरेकी छन् । त्यसपछि उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र भएका सबै १९३ देशको भ्रमण गर्ने निर्णय गरिन् ।

लुइसाको सन्देश अन्य ट्र्याभर्सहरूलाई थियो, ‘नडराऊनस्, बस जारी राख्नुहोस् । कसैको प्रतीक्षा नगर्नुहोस्, किनकि यदि तपाईंले पर्खनुभयो भने, तपाईंले आफूले गर्न चाहेको काम कहिल्यै गर्न सक्नुहुन्न ।’ उनले भनिन् ।