• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आइसीसीको लेभल–२ कोचिङ कोर्समा पास भए ज्ञानेन्द्र, शक्ति र रिजन



काठमाडौँ । नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आइसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आइसीसीको लेभल–२ को कोचिङ कोर्स उतिर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहँदा शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आइसीसीको लेभल–२ तहको कोचिङ कोर्स उतिर्ण गरेसँग अब तिनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न पाउनेछन् ।