• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

रुविनाको शतक र पूजाको अर्धशतकमा मालदिभ्सलाई २२८ रनको विशाल लक्ष्य



काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको विशाल  लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा यो सर्वाधिक ठूलो रन हो ।

नेपालको यो महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२१ नोभेम्बरमा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । यससँगै उनी नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

त्यस्तै, पूजा महतो ५९ रनमा नट आउट रहिन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।  कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।

माल्दिभ्सकी शम्मा अलीले ३ विकेट लिँदा नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।