२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

लेटमिइन मिसेज व्यूटी क्वीनको बिजेता बनिन रश्मी शाक्य

लेटमिइन मिसेज व्यूटी क्वीनको बिजेता बनिन रश्मी शाक्य
अ अ+ अ-

काठमाडौँ,  सिजन मिडियाद्धारा आयोजना गरेको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४’ बिजेता ललितपुरकी रश्मी शाक्य हुनुभएको छ ।    ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधी समेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा उक्त कार्यक्रममा डा। अश्विना केसी फष्ट रनरअप हुनुभयो भने  इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल हुनुभयो ।

प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य हुनुभयो भने उहाँले वेष्ट स्कीन र वेष्ट वाकको पनि उपाधी जित्न सफल हुनुभएको छ । बिजेता शाक्यले रेफ्रिजेनेटर,  लेटमिइनको तर्फवाट ३० हजार वरावरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणको लागि हवाई टिकट उपहार स्वरुप प्राप्त गर्नुभयो । फस्ट रनर अपलाई ४० इन्चको टिभि, सेकेण्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर प्राप्त गर्नुभयो । थर्ड रनरअप शर्मिला घिसिङ् र चौथो रनरअप सपना थापा हुनुभयो भने अर्गनाइजर च्वाइसको उपाधी अम्विका थापाले जित्न सफल हुनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगीताले महिलाहरुको सौन्दर्य साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम हेरेर महिलाहरुको अधिकारको लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागीतालाई वढि जोड दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्तो कार्यक्रमहरुसँग हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारको लागि सहकार्य गरेर अगाडी वढ्ने आयोगको पनि सोचाइ छ ।”

प्रतियोगिताका अरु विधामा सृजना थापाले डिसिपिलिन ,सजिता रेग्मी कन्फीडेन्ट, लक्ष्मी राणा लोयल, सुनीता के।सी। पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फेन्ड्ली उपाधी जित्नुभयो । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्वल, लक्ष्मि अर्यालले मिसेज वव्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक , चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी मर्हजन कोटियोर्स , पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डर्ओकीङ र सुन्नीमा लम्साल मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड पाउनु भएको थियो ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा व्यूटी प्याजेन्ट एसोसीयसन नेपालका अध्यक्ष गोपाल लाल कक्षपति, वरिष्ठ सौन्दयविद सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अन्जु भट्टराई ,सन्चारकर्मी अनिता विन्दु, प्रदेश नम्वर १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहनुभएको मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।