२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

मृत्युको कारण बन्दै ‘विलासी जीवन’
(सांकेतिक तस्बिर)
अ अ+ अ-

गलकोट । कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौँको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख्य रहेको भए पनि अहिले सरुवा रोगबाट भन्दा नसर्ने रोगबाट धेरै नेपालीको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । 

सरुवा रोग वातावरणीय सरसफाइबाट सर्ने रोग भएकाले अहिले स्वास्थ्य चेतना वृद्धि हुनु र खोपको विकास हुनाका कारण सर्ने रोगमा कमी आएको बागलुङका स्वास्थ्यकर्मी बताउँछन् । तर ‘विलासी जीवनयापन’का कारण अहिले अकालमा मृत्यु हुने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको भन्दै स्वास्थ्यकर्मीले चिन्तासमेत व्यक्त गरेका छन् ।

विलासी जीवनयापन, व्यायामको अभाव, मदिरा तथा धुम्रपान सेवन र आधुनिक खानपानको कारण नै नसर्ने रोगमा वृद्धि भएको धौलागिरि अञ्चल आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा सरोज रायले बताउनुभयो । “विलासी जीवनयापनका कारण नसर्ने रोगले मानिसको मृत्युदर बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ, पहिला झाडापखाला, हैजाबाट मृत्यु भएको खबर आउँथे, अहिले एक्कासि हृयघाटबाट बढी मृत्यु भएको समाचार आउँछ”, उहाँले भन्नुभयो, “विलासी जीवनयापनका कारण कोल्ड स्टोर, थाइराइड, मुटुको समस्या, उच्च रक्तचाप जस्ता रोगमा वृद्धि भएको छ, जुन अहिलेको अधिक मृत्युको कारण हो ।” डा रायका अनुसार दैनिक ४५ मिनेट नियमित योग तथा शारीरिक व्यायाम गर्दा नसर्ने रोगहरु हटेर जानेछन् । जङ्क फुड तथा पेयपदार्थ नखाने, घरमै उत्पादन भएको खानेकुरा खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुने उहाँको सुझाव छ ।   

पहिला ६० प्रतिशतभन्दा बढी मानिसको अकालमा मृत्यु सरुवा रोगका कारण हुन्थ्यो तर अहिले ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगबाट हुन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । यति नै सङ्ख्यामा सर्ने र नसर्ने रोगबाट नेपालीको मृत्यु भएको भन्ने यकिन तथ्याङ्क नभए पनि अहिलेको स्वास्थ्य जटिलता र मृत्युका कारण नसर्ने रोग देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जसको अप्रत्यक्ष कारण विलासी जीवनशैली हो । शहर बजारमा काम नगरी बस्ने, शारीरिक व्यायाम नगर्ने, सामान्य हिँडाइसमेत नगरेर सवारी साधनको बढ्दो प्रयोग गर्ने, मध्यपान/धुम्रपान तथा जङ्क फुडको प्रयोग गर्नेलगायत कारण मुटु, फोक्सो, नशा तथा शरीरका अन्य अङ्गमा आक्रमण हुने भएका कारण मानिसको अकालमै मृत्यु हुने गरेको छ । 

मानिसहरु घरबाट नजीकैको अफिस आउँदा सवारीसाधनको प्रयोग गर्ने, खानपानमा ध्यान नदिने, शरीरलाई हानि–नोक्सानी गर्ने खानेकुरा खाने भएकाले यिनै कुरा अप्रत्यक्षरुपमा मानिसको मृत्युका कारण बन्दै गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । “दैनिकजसो घरबाहिरका खानेकुरा खाने, व्यायाम नगर्ने गर्दा मुटुरोग, नशा, थाइराइड, कोलस्टोर जस्ता समस्या देखिन थालेका हुन्”, उहाँले भन्नुभयो, “१० वर्षअघि सम्म झाडापखाला जस्ता सरुवा रोगका कारण मानिसको मृत्यु हुन्थ्यो, अहिले उच्च रक्तचापका कारण मृत्यु भएको छ, यसैबाट हामीले फरक छुट्याउन सक्छौँ, हाम्रो मृत्युको कारण के हो ?”

स्वस्थ रहनका लागि शारीरिक, भावनात्मक, मानसिक र सामाजिक स्वास्थ्य राम्रो हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । मानिसहरुले रासायनिकभन्दा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिमार्फत उपचार गराउने प्रवृत्तिको विकास गराउँदै लैजानुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

अहिले स्वास्थ्यको पुहँच बढाउँदै बागलुङका १० वटा स्थानीय तहका दुई लाख ८४ हजार जनसङ्ख्यालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयको लक्ष्य छ । जिल्लामा ९५० महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, १८६ खोप केन्द्र, १४४ बाह्य क्लिनिक, १४ सामुदायिक स्वास्थ्य इकाइ, चार शहरी स्वास्थ्य केन्द्र, ५८ स्वास्थ्य केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ४७ बर्थिङ सेन्टर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खेमराज गौतम/रासस