२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाले गाजान शहरमा गरेको आक्रमणमा दर्जनौँ प्यालेस्टाइनी मारिए



अ+ अ-

एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजान शहर रफाहमा गरेको आक्रमणमा २५ जनाको ज्यान गएको छ ।

साथै इजरायलले हाल पट्टीको आधाभन्दा बढी जनसंख्या ओगटेको शहरमा सैन्य कारबाही शुरु गर्ने चेतावनी दिएको छ । हालैका इजरायली आक्रमणहरूमा, रफाहको पश्चिमी क्षेत्रलाई निशाना बनाएपछि हमासका सुरक्षा बलका तीन सदस्यहरू मारिएका थिए ।

चकित्सा स्रोतहरूकाअनुसार इजरायली हवाई आक्रमणमा रफाहमा तीनवटा आवासीय घरहरूलाई निशाना बनाएर कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार सेनालाई रफाहमा भूमिगत कारबाहीका लागि योजना तयार गर्न निर्देशन दिएपछि रफाहमा तिब्र आक्रमण भएको हो ।

इजरायली सेनाले केही हप्ता अघि रफाह नजिकैको दक्षिणी शहर खान युनिसमा आफ्नो सबैभन्दा ठूलो र हिंस्रक आक्रमण शुरु गरेपछि रफाहमा भाग्ने बिस्थापितहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ ।