२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढ्दै

बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढ्दै
फाईल फोटो
अ अ+ अ-

रूपन्देही । चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढाएको छ। आइएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालिका केबलकार परियोजना अघि बढेको छ।

ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केबलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।

वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमा लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए। ‘लुम्बिनीमा केबलकार निर्माण सुरु गरेका छौं,’ ढकालले भने, ‘एक वर्षमा सम्पन्न गर्ने योजनामा छौं।’ गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि छिट्टै निर्माण अघि बढाउने उनले बताए।

व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे तीन अर्ब रूपैयाँको लगानीमा निर्माण अघि बढाएको ढकालले जानकारी दिए। ‘केबलकारसहित तारे होटल पनि निर्माण गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’ नागरिक दैनिकमा समाचार छ ।