काठमाडौं । हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।











