• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य ★   योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई



भोजपुर । कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए ।

विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरूपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै पालिका विजयी भएपछि विजेताले रु एक लाख ५० हजार र उपविजेताले रु एक लाख पाउने भए पनि दुवै टिमलाई विजेता बनाइएपछि रु एक लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । यस्तै प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले रु पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्रसमेत पाएका छन् ।

विजेतालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सभासदस्य राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रदेशभित्रका दमक, षडानन्द, बेलवारी, भोजपुर नगरपालिका र रामप्रसाद राई, टेम्केमैयुङ, आमचोक, साल्पासिलिछो गाउँपालिकाका आठ टिमले सहभागिता जनाएका थिए । रासस